तिमी आज भोलि किन बोल्दिनौं

तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
तिमी आज भोलि किन हाँसदिनौं
किन हाँसदिनौं प्रिती सात्दिनौं
भन किन तढ्पाउछौं धुरुधुरु रुवाउछौं ..२
तर्किएर तिमी किन भागी हिड्छौ‌
किन भागी हिड्छौं मलाई सताउछौं
तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
(साहारा तिमी नैं हैं शहयात्रि बन्छु भन्थ्यौं
साएद अब बिर्शिसक्यौं की सपनाको महल भित्र
तिमी नैं थियौं राजकुमारी मेरो माया ब्यर्थै भयो की)..२
भन किन तर्शाउछौं ब्यथाहरु बल्झाउछौं ..२
झर्किएर तिमी किन दुनियाँ हसाउछौं
किन दुनियाँ हसाउछौं मलाई रुवाउछौं
तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
भन किन तढ्पाउछौं धुरुधुरु रुवाउछौं
भन किन तर्शाउछौं ब्यथाहरु बल्झाउछौं
तर्किएर तिमी किन भागी हिड्छौ‌
किन भागी हिड्छौं मलाई सताउछौं
( तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
तिमी आज भोलि किन हाँसदिनौं
किन हाँसदिनौं प्रिती सात्दिनौं )..२
तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं

Artist: Sudip Giri

गोरी यता सुनन

गोरी यता सुनन मेरो मनको कुरा बुझन
यो जनम तिम्रै लागि हो
आउ मिलि बशाउ मायाको सानो गाँऊ..२
चाहे तिमीलाई अरुकेहि चाहिन्न लेखेर आएको मैले तिम्रो नाम यस धर्तिमा
गोरी यता सुनन मेरो मनको कुरा बुझन
यो जनम तिम्रै लागि हो
आउ मिलि बशाउ मायाको सानो गाँऊ..२
नछुतोस कहिल्यैपनि तिम्रो त्यो हात डर छैन कसैको मलाई जब छैं तिमी मेरो साथ
गोरी यता सुनन मेरो मनको कुरा बुझन
यो जनम तिम्रै लागि हो
आउ मिली बशाउ मायाको सानो गाँऊ..२

Artist:Sanjeev Singh

अनौथो ब्यथा भएछ

अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी ..२
न मनैमा सजाउनै सके न कसैलाई सुनाउनै सके..२
आँसु दिईन मलाई आफ्नो निशानी
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..२
भावनामा दुबाई दुबाई लैजाने नै तिमी मलाई..२
बिर्सेछैन काखमा राखी (माया प्रेम का कथा बुनाई)..२
भन्थ्यौ तिमी हाम्रो माया दुनियालाई देखाउँनु छ..२
तर आज कस्ले लग्यो सुनै सुनको दोली चढाई
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..२
आँखा ति भाका तिम्रा आफ्नै ठान्ने यो मन..२
ओठका मुश्कानहरु (आफ्नै ठान्ने यो तन)..२
पराईको संगी रैछ्यउ पराईको सिउदो संगै..२
उपहार कस्तो तिम्रो भोजमा आउने निम्तो दिन्छ्य्उ
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..२
न मनैमा सजाउनै सके न कसैलाई सुनाउनै सके..२
आँसु दिईन मलाई आफ्नो निशानी
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..४

Artist:Karna Das

डर लाग्छ तिम्रो मेरो

डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रित तुट्ने हो कि २
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी विना के होला यो जीवन ..२
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रित तुट्ने हो कि
नभेट्दा तिमीलाई एक छिन बसु जस्तो लाग्छ
भेटे तिमीलाई मेरा पिडा सबैं भाग्छ..२
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी विना के होला यो जीवन..२
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रित तुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
तिम्रो मेरो तिम्रो मेरो साथ तुट्ने हो कि..२
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी विना के होला यो जीवन..२
डर लाग्छ

Artist:Nabin K. Bhattarai

कल्पि बस्छु

याद साँची कल्पि बस्छु छायाँ संगै झस्कि रहन्छु
आज फेरि रुन्छु म किन किन..२
दुख्यो मुटु चर्क्यो छाती मेरो यादमा
तिम्रो यादमा..२
हेरु कति आखैं थाक्छ आखा चिम्ले रातै पर्छ
रात भरि जाग्छु म किन किन..२
दुख्यो मुटु चर्क्यो छाती मेरो यादमा
तिम्रो यादमा..२
याद साँची कल्पि बस्छु छायाँ संगै झस्कि रहन्छु आज फेरि रुन्छु म किन किन..२
दुख्यो मुटु चर्क्यो छाती मेरो यादमा
तिम्रो यादमा..३
हाहाहाहाहाहा

Artist: Nabin K. Bhattarai